कैलाश खत्री,रामेछाप ।
प्रगतिशील लेखक संघ रामेछापको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनको एक समारोहका बिच प्रगतिशील लेखक संघका केन्द्रिय उपाध्यक्ष खेम थपलियाले उद्घाटन गरे । यस सम्मेलनबाट अध्यक्षमा धनलाल योञ्जन,उपाध्यक्ष कैलाश खत्री, सचिबमा विनोद सुवेदी,कोषाध्यक्ष सृजना बस्नेत,सदस्यमा बद्री बोहोरा,सुमित श्रेष्ठ,सावित्रा घिमिरे चयन भएका छन् भने बाँकी तीन जना सदस्य पहिलो बैठकले मनोनित गर्ने बताइएको छ ।
सम्मेलनलाई संविधानसभाका सभासद तारानारायण श्रेष्ठ, ३ नं प्रदेशका सांसद शान्तिप्रसाद पौडेल, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत,नेकपा रामेछापका नेता लव श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीका इन्चार्ज गणेश खड्गी,नेकपा मालेका सचिव ओमबाबु पुरी, नेपाल पत्रकार महासंघ ३ नं प्रदेसका सदस्य बद्री नयाँघरे, लिखुतामाकोसी गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहाल, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य शान्तादेवी पौडेल, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष नवराज श्रेष्ठ,प्रगतिशील लेखक संघ सिन्धुलीका सचिव मिसन अधिकारी र कवि बैरागी जेठाले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै बक्ताहरुले प्रगतिशील बिचारधारालाई विस्तार गर्न लेखकहरुको भुमिका महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।
प्रगतिशील खेलक संघको स्थापना वि.सं २००९ सालमा भएको थियो । माक्सबादी विचारधारा अंगिकार गर्ने लेखकहरु प्रगतिशील लेखक संघमा आवद्ध हुने गरेका छन् ।

