शनिबार, बैशाख ०८, २०८१

स्पीन्ज एक्टीभ गर्ल २०१९ दिपिका न्यौपाने

स्पीन्ज एक्टीभ गर्ल २०१९ दिपिका न्यौपाने घोषीत भएकी छन् । नारी दिवसको अवसरमा केभीनकेयरको उत्पादन स्पीन्जले नारी तथा कलेजगर्ललाई स्मार्ट हुन प्रेरीत गर्ने उदेश्यले गरेको प्रतियोगितामा सान्त्वना कलेजकी दिपिका न्यौपाने बिजेता बनेकी हुन भने उपबिजेतामा माईलस्टोन कलेजकी नेहा शाहु र एभरेष्ट कलेजकी शुभद्रा रिजाल उपबिजेत बने ।

सर्चसलुशनले ब्यवस्थापन गरेको स्पीन्ज एक्टीभ गर्ल प्रतियोगितामा राजधानीका ८ वटा कलेजका ८ सय भन्दा बढी प्रतियोगिहरु रहेका थिए । हरेक कलेजबाट एक एक जनालाई फाईनल प्रतियोगिताको लागि छानीएको थियो ।

प्रतियोगीहरुले आ आफ्नो कला प्रस्तुत गरेका थिए । फाईनल प्रतियोगिताका निर्णयक मण्डलमा शारिरिक सुगठन कर्मी एबं साइकल यात्री सोनी श्रेष्ठ ,मोटरसाइकल धावक वर्षा बस्नेत र मिस नेपाल अन्तरास्ट्रिय९सन् २०१७ नीति शाह

रहेका थिए । । सौन्दर्य मिश्रित उत्पादनको रुपमा पसिना निरोधक सेन्ट र परफ्युम ,बि बि क्रिम ,बि बि टल्कम पाउडर आदिको उत्पादन पश्चात नया उत्पादनको रुपमा स्पिन्ज़ बजारमा सर्बोत्तम एवं सर्बोत्क्रिस्ट महिला सौन्दर्य प्रशाधन सामाग्रीको रुपमा ल्याइएको छ

विभिन्न ९ प्रकारको सुगन्ध सहितको स्पिन्ज़ले २४ घण्टा सम्म ताजापना प्रदान गर्नुको साथै यसको सुगन्ध  उत्तेजना युक्त प्रवाह गर्न सक्षम र सफल     भएको कम्पनीले जनाएको  छ ।

स्पिन्ज़ एक्टिभ गर्ल ९२०१९ प्रतियोगिताको माध्यम बाट  नेपालि युवती माझ सक्रिय जिबंशैली बिताउने कारकतत्वको रुपमा उत्पादन गरिएको  कम्पनीको दाबी छ ।

कार्यक्रममा केभिनकेयर बाट प्रतिनिधित्व गर्दै नेपाल प्रतिनिधि श्री अमित गुप्ता,दयाल ट्रेडिङ्ग कम्पनि का निर्देशक श्री राजिब शाह ,अन्तरास्ट्रिय ब्यापार का बरिस्ठ ब्रान्ड मेनेजर श्री शशांक मुतालिक र डिजिटल  मार्केटिङ्ग का सहायक मेनेजर सुश्री  जननी  आय्यर  सहभागी थिए ।