नागोया । पूर्व उपप्रधानमन्त्री स्वर्गिय भरतमोहन अधिकारी र पर्यटन मन्त्री स्व. रविन्द्र अधिकारीको सम्झनामा जापानको नागोंयामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
शनिवार प्रवासी नेपाली मञ्च चुवु क्षेत्रिय नागोया कमिटीको आयोजनामा जापानको नागोया स्थित किमा खारे नेपाली हलमा स्वर्गिय अधिकारीद्वयको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।
मंचका सदस्य रामकुमार थापाका अनुसार आज अपराह्न आयोजित कार्यक्रममा, एनआरएनए जापानका पूर्व अध्यक्ष पारसमणी पोखरेल , मंचका अध्यक्ष अशोक अधिकारी ,समाजसेवी तथा व्यावसायी मोहन खत्री,एनआरएनए जापानका सदस्य राजकुमार अधिकारी लगायतका व्यक्तिहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले राजनितीक जिवनमा खेल्नुभएका महत्वपूर्ण भूमिकाको सहरहना गर्दै दिवंगत आत्माको चीर-शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जापानको टोकियोमा प्रवासी नेपाली एकता मंचले भोली आइतवार शोक सभा आयोजना गरेको छ ।


