शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए जापानको चिवा क्षेत्रीय समिति बिस्तार गर्ने तयारी पुरा

टोकियो ।गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आफ्नो क्षेत्रीय समिति बिस्तार गर्ने तयारी पुरा भएको छ ।

बड्दो नेपाली संख्या र त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै क्षेत्रिय भेलामा सुझाव सहितको प्रतिवेदन पेश हुदा सोहि भेलाले ८ बुदे घोषणापत्र जारी सहित क्षेत्रिय समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोहि भेलाको निर्णय लाई कार्यन्वयन गर्न मिति २०१९ फेव्रओरी २३ तारिख अध्यक्ष टाशी वाङदी लामाको अध्यक्षतामा बसेको परिषदको नियमित बैठकले यहि मार्च १० तारिख आईतवार चिवामा तदर्थ कमिटि गठन गर्ने गरि उपाध्यक्ष शिव प्रसाद पौडेललाई संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनु भयो। क्षत्रिय भेलाको लागि फ़ुनाबासि स्टेसन मिनामि गुचिबाट ५ मिनेटको दुरिमा 船橋市本町4-19-6船橋働労市民センターमा १० तातिक वेलुकि ४ बजे बाट हल ब्यवस्था गरिएको कार्यक्रम संयोजक शिव प्रसाद पौडेलले जानकारी दिनु भयो।
तदर्थ सिमिति गठन गर्ने समयलाई ब्यवस्थापन गर्दै उपस्थितिको लागि सम्पुर्ण चिवावासी पंजिकृत तथा साधारण सदस्य हरुलाई हार्दिक आमन्त्रण गर्दै यो अभियान लाई सहयोग गर्न एनआएएनए जापानले अनुरोध गरेको छ।