बिहिबार, असार ११, २०८३

विशेष समारोहको बीच अगष्टमा तमु धीं जापानले रजत जयन्ती मनाउने

टोकियो । जापानको पुरानो संस्था तमु धीं जापानले आफ्नो रजत जयन्ती मनाउने भएको छ ।

स्थापनाको २५ औं वर्ष पुगेको उपलक्ष्यमा २५ औं रोधीं साँझसँगै रजत जयन्ती मनाउने निर्णय गरेको हो ।
टोकियोस्थित टोकियो रोधीं घरमा आईतवार वसेको तमु धींको कार्यसमिति वैठकले सो निर्णय गरेको महासचिब चित्र गुरुङले जानकारी दिनुभयो । विभिन्न आरोह अवरोह झेल्दै यहाँसम्म आईपुगेको खुशीयालीमा संस्थाले विशेष समारोहको बीच रजत जयन्तीसँगै रोधी साँझ र संस्थाको स्मारिका पनि प्रकाशन गर्ने भएको जनाएको छ । संस्थाका उपाध्यक्षद्वय युक्तमान तमुको संयोजक र अमर तमु सह-संयोजक रहेको टिमले चाँडै नै विभिन्न समिति तथा उपसमितिहरु गठन गरि कार्यक्रमको तयारीमा लाग्ने संयोजक युक्तमान तमुले जानकारी दिनुभयो ।
बिगतका दिनमा संस्थालाई स्थापना गरि चुस्त र दुरुस्त पार्न हरदम लागि पर्ने संस्थापक सहित पुर्व अध्यक्षहरुको विशेष सम्मान गर्ने तयारी रहेको पनी तमु धीले जनाएको छ ।

तमु धीको केहि पुर्व अध्यक्षहरू हाल नेपाल, हङ्कङ,वेलायत, अमेरिका लगायत देशहरुमा रहेकोले सवैलाई निमन्त्रण गर्ने अध्यक्ष अनिता गुरुङ वताउनु भयो ।