शनिबार, बैशाख ०८, २०८१

यमन श्रेष्ठले बनाए बायोग्राफी आफ्नै गीत,यस्तो छ भिडियो

काठमाडौं । बायोग्राफी भन्दै गीत ल्याएका छन् । नातीकाजी श्रेष्ठको पुरानो गीतमा प्यारोडी बनाउँदै उनले ‘हिमालको काखमा छ सानो मेरो गाउँ मदनकृष्णको छोरा हुँ म यमन मेरो नाउँ’ भन्ने गीत बनाएका हुन् ।
गीतमा उनले बाल्यकालदेखिका अहिलेसम्मका कुरा बताएका छन् । गीतमा कतिपय शब्दमा रमाइलो पनि छ । यो उनको कला हो । उनले गीतमा लेखेका छन्छो राको नाउँ के राखौं भनी बा लाई दोमन भो,यशोदा मदन मिलाएर मेरो नाम यमन भो

यमन सर्वप्रिय वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् । लामो समय अमेरिकामा बसेर आएका यमन अहिले नेपालमा छन् । हास्य टेलिश्रृंखला खासखुसमा समेत मुख्य भूमिका अभिनय गरेका उनी बेलाबेलामा रमाइलो गीत ल्याएर दर्शकसामू आइरहेका छन् ।