शनिबार, असार ०६, २०८३

कवर्ड हल निर्माणको लागी दीपकबाबुको एक्लो प्रयासमा जापानबाट १० लाख संकलन

टोकियो । चितवनमा कवर्ड हल निर्माणको लागी दीपक बाबु नेपालको एक्लो प्रयासमा जापानबाट १० लाख संकलन गरी नेपाल पठाएको छ ।

स्वास्थ्य लागि खेलकूद राष्ट्रका लागि खेलकूद सम्पूर्ण खेलका खेलाडी राष्ट्रका सान हुन हाम्रो राष्ट्रको नाम अन्तराष्ट्रीय जगतमा खेलबाट पहिचान गराउने भनेर चितवन जिल्ला रत्न नगर नगरपालि वडा न २ अन्तर्गत चितवन तेक्वान्दो डोजाङ्” को प्रशिक्षण केन्द्र कवर्ड हल निर्माणको लागी १० लाख संकलन गरी सहयोग पठाएको हो ।
सोमबार जापानबाट सो रकम पठाएको अभियानका संयोजक दीपकबाबु नेपालले मातृ सन्देश डट कमलाई जानकारी दिनुभयो ।

नेपालका अनुसार हालसम्म संकलन रकम नेपाल पठाएको जानकारी गराउदै २०१८-१२-२३ तारीख देखी चलाएका यस अभियानमा आजसम्म प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सबै-सबै प्रती कृतज्ञता प्रकट गर्दै जापान-नेपाल र बिभिन्न देशबाट हाल सम्म संकलन भएको रकमको बिबरण घोषणा गरेर रकम हस्तान्तरण गरेको बताउनु भयो ।
सो रकम सोमबार नै ‘सिटी एक्सप्रेस मनी ट्रान्सफर’ मार्फत एक सय मान जापनीज येन नेपालमा १० लाख २ हजार रपैयाँ नेपाल पठाएका बताउनु भयो ।

अभियानका संयोजक नेपालले सम्पूर्ण सहयोगदाताहरूमा आभारीका साथ धन्यवाद ब्यक्त गरेको छ ।