बिहिबार, असार ११, २०८३

दिवाङगत दुई नेताद्वयको सम्झनामा टोकियोमा शोक सभा हुने

जापान । नेकपाका प्रभाबशाली दिवाङगत नेताद्वय भरत मोहन अधिकारी र रविन्द्र अधिकारीको सम्झनामा टोकियोमा आउदो आईतवार शोक सभा हुने भएको छ ।

प्रवासी एकता मंच जापानको आयोजनामा हुने शोक सभाका नेकपाका नेता तथा संघीयसभाका सभासद महेश बस्नेतको सहभागीता रहने आयोजकले बताउनु भयो ।

कार्यक्रम १० तारिख आईतवार टोकियो स्थित रोधी घरको सभाहलमा दिउसो १२ बजेबाट हुने कार्यक्रम संयोजक तथा जनप्रगतिशिल मंचका अध्यक्ष हवलचन्द्र लामाले बताउनु भयो ।
पर्यटन मन्त्री समेत रहेका स्वर्गीय रवीन्द्र अधिकारी गत साता हेलिकोप्टर र भरतमोहन अधिकारी उपचारको क्रममा यही शनिवार साँझ अस्पतालमा निधन भएको थियो ।