जापान । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद गगनकुमार थापासंग अन्तरक्रिया सम्पन्न भएको छ ।
शनिवार जापानको राजधानी टोकियोमा नेता थापासंग जापानवासी नेपालीले खुल्ला अन्तरक्रिया गरेको हो ।
जापानस्थित संघ संस्थाका अध्यक्ष, बुद्धिजीबी,पत्रकार,बिधार्थी,ब्यवसायी तथा विभिन्न क्षेत्रमा संग्लग्न जापानबासी नेपालीहरुको बाक्लो उपस्थितिमा रहेको थियो ।
युवा नेता गगनकुमार थापाले आजको युगमा सबैभन्दा महत्वपुर्ण भूमिका शिक्षा र स्वास्थ्य रहेको बताउनु भयो । शिक्षा र स्वास्थ्य बिना जहा गएपनि सफल नहुने भन्दै सबैतिर शिक्षा र स्वास्थ्यलाई ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वोल्दै नेता थापाले हाम्रो देश नेपालमा बिना योजना काम हुने गरेकोले समृद्ध नेपाल निर्माण हुन् नसकेको बताउनु भयो । देशमा आर्थिक रुपमा कसरी समृद बनाउन,समृद हासिल गर्न सकिन्छ । हामीले आफुले मनले चाहेको पेशा अंगाल्न नचाहने र आफुले चाहेको फिल्डको बारेमा जानकार नभई शिधा काम गर्नाले काममा असफल हुने गरेको बताउनु भयो ।
समृद्ध नेपाल निर्माण अभियान जापानका महेश कुमार श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


