बिहिबार, असार ११, २०८३

जापानमा गुल्मीका एक नेपाली युवाले झुण्डिएर गरे आत्महत्या

जापान । जापानमा कुक भिषामा आएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

जापानको ओसाकामा एक नेपाली रेस्टुरेन्टमा कार्यरत गुल्मी वामी घर भएका सापकोटा थर भएका उनले मार्च २ तारिख अपरान्ह आत्महत्या गरेका हुन् ।

शनिबार काम गर्ने ठाऊँमा छुट्टीको दिनमा अन्दाजी ३६ वर्षिय उनले आफु बस्दै आएको कोठाको बाथरुममा झुण्डिएर आत्महत्या गरेका हुन् । काम गर्ने रेस्टुरेन्ट संचालककै कोठामासंगै बस्दै आएका उनलाई साँझ करिब ८ बजे मृत पाईएको थियो । भित्रबाट बन्द गरिएको कोठा ढकढकाउँदा नखोलेपछि प्रहरी बोलाएर खोलेर हेर्दा बाथरुममा झुण्डिएको अवस्थामा मृत भेटिएको मृतक सापकोटाका निकटका एक आफन्तल् जानकारी दिएका हुन् ।

हाल मृतक सापकोटाको शव प्रहरीको नियन्त्रणमा रहेको र पोष्टमार्टम लगायतको काम भईरहेको छ । उनले आत्महत्या गर्नुको कारण थाहहुन नसकेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।

नेपालस्थित परिवारमा घटनाबारेमा जानकारी गराउँन बाँकी रहेको जानकारी प्राप्त भएकाले मृतकको व्यक्तिगत विवरण उल्लेख गरिएको छैन ।

@ ज्याक खडका,जापानसमाचार