जापान । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद गगनकुमार थापासंग अन्तरक्रिया हुने भएको छ ।
शनिवार जापान आइपुग्नु भएका नेता थापासंग जापानवासी नेपालीले खुल्ला अन्तरक्रिया हुने भएको हो ।
समृद्ध नेपाल निर्माण अभियान जापानको आयोजनामा भोली मार्च ३ तारिख आईतवार दिउँसो १:३० वजे देखि टोकियोको सिनओकुवोमा विशेष अन्तरकृयात्मक कार्यक्रम हुने कार्यक्रम संयोजक महेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण जापानवासी नेपालीहरुमा कार्यक्रम आयोजकले हार्दिक अनुरोध गरेको छ ।


