शुक्रबार, चैत १६, २०८०

लुट्न नपॉउदा झोक्किदै छुटेको पनि देखे

प्रकाश बुढ़ाथोकी,
-आफ्नैले आफ्नालाई
लुटेको पनि देखे
लुट्न नपॉउदा झोक्किदै
छुटेको पनि देखे
के-के देखे, के-के देखे
देख्नुसम्म देखे !
बनाउनेले पनि लुटेको देखे
भत्काउनेले पनि लुटेको देखे
बनाउने र भत्काउने नै
मिलुन्जेल अति मिल्ने
संगै बास,एकै सास
गॉस पनि निल्ने
भागबण्डा बॉडफॉड नमिल्ला
एक आपसमै लडॉई चल्दा
सम्बन्ध टुटेको पनि देखे
मारामार गर्दै कुटेको पनि देखे
कोही धनले कोही मनले
कोही त्रासले कोही आशले
लुट्ने पनि देखे
लुटाउने पनि देखे
लुटिने पनि देखे
आफू पनि लुटिए
अरुलाई पनि लुटे
के-के देखे,के-के देखे
देख्नुसम्म देखे ~~~~