टोकियो । नेपाली नयाँवर्षको अवसरमा धादिङ् समाज जापानले सडक सुरक्षा सचेतना तथा आपतकालिन राहतकोष निर्माणार्थ न्यु ईयर म्युजिकल मेला आयोजना गर्ने भएको छ ।
समाजको आईतबार बसेको नियमित कार्यसमिती बैठकले आगमी अप्रिल २१ तारिख, टोकियोस्थित नाकानो जेरो हलमा कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष कृष्ण प्रसाद खनालले जानकारी गराउनु भयो ।
महासचिव बिमल श्रेष्ठका अनुसार, आँउदै गरेको नेपाली नयाँ बर्ष को अवसर पारेर धादिङ हुँदै बभिन्न जिल्ला जान जोडिएको राजमार्ग मा अत्यधिक सडक दुर्घटना हुने हुँदा त्यसलाई मध्यनजर गर्दै सडक दुर्घटना न्युनिकरण को लागि ‘सडक सुरक्षा सचेतना तथा आपत कालिन राहत कोष निर्मार्णाथ ‘शिर्षक मा नेपाल बाट बिभिन्न चर्चित कलाकार हरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
कार्यक्रममा, नेपालबाट चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्मा, बबिता बानियाँ ( जेरी) गायक सुरज थापा, गायिका पूर्णिमा लामा तथा हाँस्यकलाकार दिनेश काफ्ले आउने बताईएको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउँन लागिपरेको समाजले सो दिन कार्यक्रम नजुधाईदिनका लागि जापानवासी नेपाली समुदायमा आग्रह पनि गरेको छ ।

