विराटनगर । किरात राई यायोक्खाले प्रदेश नम्बर १ को नाम किरात राख्न निरन्तर दवाव दिदै आएको छ ।
प्रदेशको नाम किरात राख्न बुधबार यायोक्खाले वृहत मोटरसाइकल ¥यालीसहित प्रदेशसभा विराटनगर पुगेर सभामुख प्रदिपकुमार भण्डारीलाई पुन स्मरण पत्र बुझाएकाे छ ।
यायोक्खाले यसअघि पनि २५ लाख हस्ताक्षर संकलन गरी सभामुख भण्डारी र मुख्यमन्त्री शेरधन राईलाई बुझाएका थिए । बुधबार फेरि मोटरसाइकल ¥याली तथा स्मरण पत्र बुझाएको हो । किरात तथ्य, तर्क र आधारसंगत छ समन्वय गर्छुः सभामुख प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको नाम किरात तर्क, आधार र तथ्यसंगत भएको भन्दै आफूले नामकरणको लागि समन्वयको भूमिका खेल्ने बताएका छन् ।
किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राई, उपाध्यक्ष दिवस राई, ज्ञान राई, उपमहासचिव भीम राई, तिलकप्रसद राई लगायतको टोलीले प्रदेश सभा पुगेर प्रदेशको नाम किरात राख्न स्मरण पत्र बुझाएका थिए । सभामुख भण्डारीले वाल्यकालमै पल्लो, माझ र ओल्लो किरातको नाम पढ्दै र सुन्दै आएको बताए ।
किरात राई यायोक्खाले आफ्नौ १० औं राष्ट्रिय महाधिवेशनको प्रचारप्रशार तथा प्रदेश सभा घेराउ गर्न पाँच हजार भन्दा बढीको मोटरसाइकल ¥याली गरेको हो । सुनसरीको धरानबाट सुरु भएको ¥याली इटहरीहुदै विराटनगर स्थित प्रदेश सभा अगाडि गएर घेराउ गरेका थिए । यायोक्खाको झण्डा, व्यनरसहित विराटनगर पुगेको यायोक्खा नेता कार्यकर्ताहरुले किरात प्रदेश घोषणा गर, कोशी सगरमाथा चाहिदैन लगायतको नारा लगाएका थिए ।
¥यालीमा यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राई, उपाध्यक्षहरु दिवस राई, ज्ञान राई, उपमहासचिवहरु भीम राई, जनक राई, तिलकप्रसाद राई, यायोक्खा केन्द्रीय सदस्य समेत रहेका किरात राई विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राई लगायतको नेतृत्व रहेको थियो । किरात नाम नभएर निर्णायक आन्दोलनः उपाध्यक्ष दिवस सभामुख प्रदिप भण्डारीलाई स्मरण पत्र बुझाएर निस्केका यायोक्खा केन्द्रीय नेताहरुले प्रदेश सभा अगाडि कोणसभा गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै यायोक्खा केन्द्रीय उपाध्यक्ष दिवस राईले भूगोल, इतिहास र सभ्यताको आधारमा प्रदेशको नाम किरात हुनुपर्ने बताए ।

