बिहिबार, असार ११, २०८३

छात्रवृत्ति अक्षयकोष स्थापनार्थ नवलपरासी समाज जापानको सहयोग

टोकियो । कबिता कन्सर्ट कार्यक्रम माघ १९ सम्पन कार्यक्रममा बोलेको सहयोग रकम नवलपरासी समाज जापनले नेपाल पठाएकोछ ।

श्री ध्रुब तारा युवा समाज अमरापुरी र हाम्रो पाठशालाले छात्रवृत्ति अक्षयकोष स्थापनार्थ आयोजना गरेको कबिता कन्सर्ट कार्यक्रम मा नवलपरासी समाज जापानको प्रतिनिधित्तो गर्दै समाजका उपाध्यक्ष बासु बास्ताकोटी समाज जापानको तर्फबाट रु ५१,०२५ एकाउन्न हजार पचीस रूपया छात्रवृत्ति अक्षयकोष स्थापनार्थ सहयोग गर्ने जनाउनु भएको थियो ।

अक्षयकोषको सहयोगार्थ जापान रहनु भएका नेपाली समुदाय लाई समाजले आग्रहगरेर पराप्त सहयोग रकम उपाध्यक्ष करुणा पाण्डे उपास्थितिमा एकाउन्न हजार पचीस रूपया जापान मनि एक्स्प्रेसबाट हाल नेपाल मा रहेका समाजका सचिब ॠषि पौडेल बाट आयोजक लाई हस्तान्तरण गर्नेगरी पठाएकोछ । सहयोगी सबैलाई समाजका अध्यक्ष गोपाल कंडेल धन्यवाद दिनु भएकोछ ।

“अक्षर र अङ्क किन्न नसकेर , अक्षर र अङ्क चिन्न नसक्ने नहुन्”
भन्ने नाराका साथ श्री ध्रुब तारा युवा समाज अमरापुरी र हाम्रो पाठशालाले छात्रवृत्ति अक्षयकोष स्थापनार्थ आयोजना गरेको कबिता कन्सर्ट कार्यक्रम माघ १९ सम्पन्न भएको थियो । कार्यक्रममा संकलन भएको रकमबाट गैंडाकोट १५ मा अबस्थित श्री बाल उदय प्राथमिक बिधालयका लागि पाठशाला अक्षयकोष स्थापना गर्ने आयोजकले बताएको छ।