शनिबार, असार ०६, २०८३

लोक दोहोरीगीत प्रतिष्ठान जापान शाखाको प्रथम साधारणसभा सम्पन्न

टोकियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,जापान शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
टोकियोमा आइतवार नेपाली राजदुतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा सम्पन्न भएको हो ।
एनआरएनए जापानका उपाध्यक्ष शिबप्रसाद पौडेल,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,गुल्मेली समाज जापान सालिकराम भण्डारी,चितवन समाज जापान अध्यक्ष राजनकुमार श्रेष्ठ,गोर्खा समाज जापान का अध्यक्ष,अनेसास जापानका पुर्व अध्यक्ष,घुम्टे नौमती बाजा समुहका संयोजक लगाएत आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम सफल बनाउन सम्पुर्ण संघ-संस्थाका प्रतिनिधीहरु,पत्रकार,प्रतिष्ठान जापान शाखाका सल्लाहकार,आजिवन तथा साधारण सदस्य एवं सम्पुर्ण सहयोगी तथा शुभचिन्तक हरुप्रती राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका अध्यक्ष युवराज आचार्यले आभार ब्यक्त गर्दै कार्यक्रम लाई सम्पन्न गर्न निरन्तर खट्नुहुने सम्पूर्णलाई धन्याबाद दिएको छ ।