शनिबार, असार ०६, २०८३

नागोया नेप्लिज क्लबलाई ५ लाख पुरस्कारसहित तेस्रो हिमालयन गोल्डकपको उपाधि

टोकियो । जापानमा सम्पन्न ‘तेस्रो हिमालयन गोल्डकप फुटसल प्रतियोगिताको उपाधि नागोय नेप्लिज क्लबले हात पारेको छ ।

‘फुटबल फर फ्रेण्डसिप’ भन्ने नाराका साथ फेब्रुअरी २४ तारिख आज सम्पन्न प्रतियोगिता फस्ट रनर यातामुरा यूनाइटेड ब्रोथर र सेकेण्ड रनर पनौती ११ काभ्रेले हात पारेको छ ।

हाइजिमा युथ क्लब र गल्कोट स्पोर्ट्स क्लव टोकियोको संयुक्त आयोजनामा जापानको टोकियोमा भएको यस प्रतियोगितामा ३१ टीमले सहभागिता जनाएको संयोजक अखिल लामाले जानकारी दिए ।

बिगतका बर्षमा हाईजिमा युथ क्लवले एकल आयोजना गर्दै आईरहेको यो प्रतियोगितामा यसपाली गल्कोट स्पोर्ट्स क्लव टोकियो पनि संयुक्त आयोजकका रुपमा रहने भएको थियो ।
प्रतियोगिताको विजेता नागोया टोलीले ५ लाख येन नगद पुरस्कारका साथै ट्रफी हात पारेको छ भने उपविजेता यातामुराले २ लाख येन पुरस्कार साथै तेस्रो भएको टिमले पनौतीले पनि नगद १ लाख एन सहित ट्रफी हात पारेको छ ।

आजको खेलमा बेस्ट प्लियर पनौती ११ का रितेन श्रेष्ठ,बेस्ट कीपेर नागोया नेप्लिजका सन्दीप ओली ,हाई स्कोरेर पनौती ११ का सजन प्रधान,मेंन ओफ द फिनाल अबिनाश श्रेष्ठ छनोट भएको हाईजिमा युथ क्लबका महासचिव मनोज श्रेष्ठले जानकारी दिए ।