बिहिबार, असार ११, २०८३

गैरआवसीय नेपाली संघ जापानले चिवा क्षेत्रीय समिति विस्तार गर्ने

टोकियो । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आफ्नो क्षेत्रीय समिति बिस्तार गर्ने भएको छ ।
बड्दो नेपाली संख्या र त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै परिषदको निति तथा कार्ययोजनामा क्षेत्रिय समिति बिस्तार एवं सुझाव पेश गर्न महासचिवलाई दिएको ज़िम्मेवारी अनुसार मिति २०१८ फ्रेवअरी २४ तारिक सम्पन्न क्षेत्रिय भेलामा सुझाव सहितको प्रतिवेदन पेश गर्दै सोहि भेलाले ८ बुदे घोषणापत्र जारी सहित क्षेत्रिय समिति गठन गर्ने निर्णय गरेको थियो।
सोहि भेलाको निर्णयलाई कार्यन्वयन गर्न मिति २०१९ फेव्रओरी २३ तारिक अध्यक्ष टासी वाङदी लामाको अध्यक्षतामा बसेको परिषदको नियमित बैठकले यहि मार्च १० तारिक आईतवार चिवामा तदर्थ कमिटि गठन गर्ने गरि उपाध्यक्ष शिव प्रसाद पौडेललाई संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनु भयो।

तदर्थ सिमिति गठन गर्ने समयलाई ब्यवस्थापन गर्दै उपस्थितिको लागि सम्पुर्ण चिवावासी पंजिकृत तथा साधारण सदस्यहरुलाई हार्दिक आमन्त्रण गर्दै यस अभियानलाई सहयोग गर्न एनआरएनए जापानले अनुरोध गरेको छ।