इन्दिरा खनाल,टोकियो ।
अर्घाखाँची समाज जापानले मृगौला रोगी मसाईको उपचारको लागि १ लाख ९ हजार १ सय जापानी एन आर्थिक सहयोग गरेको छ ।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वाड न. ७ नुवाकोट बरबास निवासी जीवन मर्साइलाई मृगौलाको उपचारको लागि आर्थिक सहयोग गरेको हो । ३९ वर्षिय मसाइ बिगत १२ वर्ष देखि करेन्ट लागेर अपाङ्ग बन्दै आएका र अहिले दुवै मृगौलामा समेत समस्या देखिएको परिवारले जनाएको छ ।
उपचारका क्रममा अस्पताल पुग्दा दुवै मृगौलामा सङक्रमण र पत्थरीको समस्या देखिएकोले चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिएको परिवारीक श्रोतले बताएको छ । आर्थिक अवस्था कमजोर र लामो समयदेखि करेन्टबाट पिडीत बनी हिडडुल गर्न समेत नसक्ने अवस्थामा रहेका मसाइको मृगौलाको उपचारमा ठुलो धनराशी खर्च हुने देखिएपछि परिवारले सहयोगका लागि अपिल गरेको थियो । चितवनको भरतपुर सिटी अस्पतालमा उपचाररथ मसाइको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अर्घाखाँची समाज जापानका सदस्य र जापानमा रहेका अर्घाखाँचीबासी बीच सहयोगको अभियान संचालन गरि रकम संकलन गरेको समाजका अध्यक्ष नेत्र बिष्टले जानकारी दिनुभयो । उक्त सहयोग अभियानबाट संकलित १ लाख ९ हज़ार १ सय जापानी एन संस्थाका संरक्षक ज्योतिष घर्ती मगर र अध्यक्ष बिस्टले संयुक्त रूपमा फोरेक्स जापानको शिनोकोबु शाखा बाट अर्घाखाचीका पत्रकार सहयोगी बिशी मार्फत मसाइलाइ हस्तान्तरण गरेको अध्यक्ष बिस्टले जानकारी दिनुभयो ।
समाजले बिरामी मसाइको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक अभियानमा सहयोग पुर्याउने सबैप्रती धन्यवाद समेत दिनुभएको छ ।
मसाइकी श्रीमती र ३ छोरी समेत रहेका छन् ।

