सोमबार, बैशाख ०७, २०८३

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको साधारणसभाको तयारी पूरा

टोकियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,जापान शाखाको साधारणसभाको तयारी पूरा भएको छ ।
प्रतिष्ठान जापान शाखाको यही फेब्रुअरी २४ तारिख आइतवार हुन गैरहेको साधारणसभाको तयारी पूरा भएको हो ।
नेपाली गीत संगीत प्रेमी जापानवासी गायक तथा गायिकाहरूको सक्रियतामा गठन भएको प्रतिष्ठानले गीत संगीतको वर्तमान अबस्था जापानमा नेपाली गीत संगीतको बिकास,कलाकारहरुको हक अधिकार र कलाको संरक्षण गर्ने उद्देश्यले एक वर्षअघि स्थापना भएको प्रतिष्ठानका जापान अध्यक्ष युवराज आचार्यले जानकारी दिनुभयो ।
उक्त साधारणसभाको दिन औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम पनी हुने सचिब नारायण कड़ेलले बताउनु भयो ।

जापानको टोकियोस्थित रोधीघरमा हुने साधारणसभामा उपस्थितिको लागी गीतसंगीत प्रेमी र आम जापानवासी नेपालीलाई प्रतिष्ठानले अपील गरेको छ ।