जापान । मादी बहुमुखी क्याम्पसको आर्थिक उन्नयन एवं नेपाली मौलिक सनातन धर्म संस्कृतिको उत्थान एवं विकासको लागि मादी नगरपालिकाको प्रायोजन एवं मादी बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न बहुधार्मिक,बहुसाँस्कृतिक ज्ञान महायज्ञ तथा महोत्सवको लागि संखुवासभा समाज जापानको पहलमा नेपाली रुपैयाँ ५८,५००।- (अक्षरेपी रुपैयाँ अन्ठाउन्न हजार पाँचसय मात्र) सहयोग उपलब्ध गराएको छ ।
पेशा व्यवसाय र रोजगारको सिलसिलमा जापानमा रह्नु भएका संखुवासभालाई माया गर्नु हुने संखुवासभाली दाजुभाइ तथा दिदीबहिनीहरुबिच परिचय एवं सम्बन्ध विस्तार गर्ने उद्देस्यका साथ स्थापना भएको संखुवासभा समाज जापानले संखुवासभास्थित मादी बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग उपलब्ध गराएको हो।
जापानको विभिन्न शहरमा रहेका संखुवासभाली दाजुभाइ तथा दिदी बहिनीहरुको भेटघाट एवं भेला हुन नसकेतापनि पनि सामाजिक सञ्जालको माध्यमबाट एक अर्कामा परिचय आदन प्रदान गर्दै संगठित हुने प्रकृयामा अगाडि बढ्दै गरेको छोटो समयमा नै जिल्लाको उच्च शैक्षिक संस्थाको आर्थिक उन्नयनमा थोरै रकम सहयोग गर्न पाउनुमा जापानवासी संखुवासभालीहरु गौरवान्तित भएको छ।
आफ्नो व्यस्त समयको बाबजुद पनि आर्थिक सहयोग संकलनमा सुशान्त भट्टराइ ज्युले संयोजनको जिम्मेवारी लिइ निम्न दाजुभाइ तथा दिदीबहिनीहरुबाट निम्नानुसार आर्थिक सहयोग संकलन गर्नु भएको थियो ।
१.पेमानुरी शेर्पा, संखुवासभा : ११,१७०।-
२.नबिन दाहाल,संखुवासभा : ११,१७०।-
३.सुशान्त भट्टराइ,संखुवासभा : रु १०,७७५।-
४.दिवस सुवेदी, संखुवासभा : ५,०७७।-
५.गोबिन्द दाहाल,संखुवासभा : ५,०७७।-
६.ज्योति केसी, गुल्मी : ५,०७७।-
७. दिपक थापा,तनहुँ : ३,०४६।-
८. अभिषेक कुँवर, तनहुँ : ३,०४६।-
९. लक्ष्मण बानिया,कास्की :२,०३१।-
१०. संगिता मास्की,संखुवासभा : २,०३१।-
________ जम्मा रु ५८,५००।-
सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाताहरुलाई संखुवासभा समाज जापानको तर्फबाट हार्दिक धन्यावाद गरेको छ ।

