टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्ष भवन भट्टको नेतृत्वमा जापानको मुख्य चार शहरमा बिशेष कार्यक्रम हुने भएको छ ।
बुधबार बिहान टोकियोमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष भट्टले जापानमा एनआरएनएका नेतृत्वकर्ता र युवा ब्यवसायीहरूलाई भेंटघाट गरिने कार्यक्रम तय भएको बताउनु भयो ।
अध्यक्ष भट्टसहित एनआरएनए आईसिसी महासचिव डा.बद्रि केसी ,प्रवक्ता भुषण घिमिरे ,युवा संयोजक सुदन थापा,यशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा उपसंयोजक पारसमणि पोखरेल आईसिसी सदस्यसंगै एनआरएनए एनसिसि जापानका अध्यक्ष टासी वाङदी लामा जापानको मुख्य चार शहरमा यहि मार्च १४ तारिख बाट १८ तारिखसम्म कार्यक्रम गर्ने योजना रहेको जनाएको छ । सो अवधिका कार्यक्रमहरु २०१९ मार्च १५ तारिख बिहान सिजोओका कार्यक्रम हुने छ भने,दिवामा नागोया र मार्च १६ तारिख कान्साईमा कार्यक्रम हुने छ भने मार्च १७ तारीख़ टोकियोमा कार्यक्रम आयोजना हुने एनआरएनए जापान जापानका महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनु भयो । सो कार्यक्रममा २१ मेगावाट म्याग्दी ठुलो खोलाको हाईड्रोपावरमा लगानी सम्वन्धि बिषय बस्तु प्रमुख रहने साथै एनआरएनए अभियान्ताहरुलाई प्रशिक्षण दिईने योजनासंगै आईसिसिको कार्ययोजना सम्वन्धमा पनि जानकारीको दिईने अध्यक्ष लामाले जानकारी दिनु भयो । म्याग्दी ठुलो खोलाको हाईड्रोपावरमा गैरआवसीय नेपालीहरुले लगानी गर्न लागेको छ ।
सो कार्यक्रमको तयारीको लागि सम्वन्धित क्षेत्रका संयोजकहरुलाई एनसिसी जापानले सर्कुलर गरि सकेको र कार्यक्रममा आफुलाई पायक पर्ने स्थानमा उपस्थितिको लागि सम्पुर्ण महानुभावहरुलाई अनुरोध समेत गरेको जनाएको छ । कार्यक्रम स्थलको ठेगाना र समय सम्वम्धित क्षेत्रबाट सुचना छिट्टै प्रकाशन गरिने बताएको छ ।

