
टोकियो । जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले ६९ औं राष्टिय प्रजातन्त्र दिवसको अवसरमा सबै नेपालीको सुख शान्ती र समृद्दिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
टोकियोको मेगुरोस्थित दुताबासको सभा हलमामगंलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राणाले देशमा निरङकुस राणाशाशनको अन्त्य भई प्रजातन्त्र स्थापना भएकोले नेपालीले समृद्दिको सास फेरेको बताउनुभयो । उहाले प्रजातन्त्र संस्थागत भईसकेको र अब यसलाई निरन्तरता दिनको लागि सबै नेपालीले साथ दिनुपर्ने बेला आएको बताउनुभयो । उहाँले पछिल्लो समय जापानमा केहि खराब नेपालीहरूको गतिविधिले नेपाल र नेपालीको छविमा आँच आएको भन्दै जापानमा नेपालीले माल पाएर चाल नपाएको गुनासो गर्नुभयो । नेपालीले जापानमा रहदा जापानको नियम र कानुनलाई पालना गर्न आग्रह समेत गर्नुभयो ।
दुतावासका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले प्रवासमा रहदा नेपालीले आफ्नो पहिचान र छविलाई विर्सन नहुने उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय केही नेपालीका गतिबिधिले सिंगो नेपाली समुदायमै असर परेकोले सचेत हुनु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संगका अध्यक्ष भवन भट्टले सरकारले अगाडी सारेको आर्थिक समृद्दिको एजेण्डालाई सबै प्रवासीले साथ दिनुपर्ने बताउनुभयो । हाल नेपालमा स्थायी सरकार रहेकोले बिकास समृद्दिमा उल्लेख्य काम नभए पनी हुने बाटोमा रहेकोले सरकारलाई प्रवासी नेपालीको साथ रहने बताउनु भयो ।
सरकारको प्रसंशा गर्दै भट्टले थपे हामी सरकारसंग साझेदार भएर काम गर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा एनआरएनए आईसिसीका प्रवक्ता भुषण घिमिरे,एनआरएनए जापानका अध्यक्ष तासी वान्दी लामा,जनप्रगतिशिल मंचका अध्यक्ष हवलचन्द्र लामा,अनेसास जापानका पूर्व अध्यक्ष बिष्णु घिमिरे,जनजाति महासंघका सचिब दावा शेर्पा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रजातन्त्रको लागी ज्यान आउती दिने सहिद्हरूलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।





