Nepali date


शनिबार, जेष्ठ ११, २०७६

जापनव्यापी खुला कविता प्रतियोगिता हुने,कविता फेब्रुअरी २८ सम्म पठाउन आग्रह

http://japanremit.com/
जापान । अन्तरास्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) जापान च्याप्टरको आयोजना र सिटी एक्स्प्रेस मनी ट्रान्स्फर जापानको प्रायोजकमा रहेको -“अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार” को लागी जापनव्यापी खुला कविता प्रतियोगिताको आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) एउटा साहित्यिक सन्जाल हो । यसको भिभिन्न देशहरूमा च्याप्टर रहेका छन । अनेसास जापान त्यसकै एक सक्रिय च्याप्टर हो । अनेसास जापान च्याप्टरले बिभिन्न साहित्यिक गतिबिधी गर्दै अाइरहेको छ ।
यसभन्दा अघी पनि कविता प्रतियोगिता गरी यस पुरस्कारको वितरण गरिएको थियो । यस पुरस्कारको प्रायोजक को रुपमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फर जापान रहेको छ

जापानबा बसेर कविता लेख्ने सम्पूर्ण साहित्यप्रेमी तथा कविहरूलाइ सहभागीताको लागी हार्दिक अनुरोध गरिएको छ ।

प्राप्त कविताहरु मध्य बाट उत्कृष्ट ३ जना कविलाई १५००० नगद ,प्रमाण पत्र र मायाको चिनो उपलब्ध गराईंने छ भने सहभागी सम्पूर्णलाई सहभागिताको प्रमाण पत्र र आकर्षक मायाको चिनो प्रदान गरिनेछ ।

कविता
-कविताको शिर्षक र बिषयबस्तु खुला रहने छ ।
-कविता बढीमा २०० शब्द सम्म हुनु पार्ने छ ।
-प्रतिस्पर्धी कवि जापानभित्र स्थायी वा अस्थायी बसोबास गरेको हुनु पर्ने छ ।
-बिगतका उत्कृष्ट बिजेता कविहरूले सहभागि हुन पाइने छैन ।
-कविता २८ फेब्रुअरी भित्रमा japankabita@yahoo.com मा पठाइसक्नु पर्ने छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया