शनिबार, असार ०६, २०८३

आदिवासी समुदायको मौलिक पर्वको संरक्षण गर्न आवश्यक : अध्यक्ष लिम्बू

http://japanremit.com/
टोकियो । नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूले लोसार लगाएत आदिवासी समुदायको मौलिक पर्वको जगेर्ना र संरक्षण गर्न आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि आसनबाट बोल्दै जनजाति महासंघ जापानका अध्यक्ष लिम्बू आदिवासी समुदायको मौलिक पर्वको जगेर्ना र संरक्षण गर्न आवश्यक रहेको बताउदै एक भएर आवाज वुलन्द गरिनु पर्ने समय भएको बताउनु भयो ।
टोकियोमा शेर्पा संघ जापानले ३यापो लोसारको अवसरमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले ३यापो लोसारको शुभकामना दिनु हुँदै भाईचारा ,एकता र सदभाव भएर अघि बढ्नु पर्ने बताउनु भयो ।

बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१४६ औँ ग्याल्पो ल्होसार, स मो फाग लो ९सुंगुर बर्ष० आईतबार ल्होसार बिशेष कार्यक्रम टोक्योस्थित हामामाचु स्टेसन नजिकैको मन्दिर रेष्टुरेण्टमा सम्पन्न भएको थियो ।

ल्होसार बिशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझमा जापानका शेर्पा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए आईसीसी सदस्य ओम गुरुङ्,तमु धि जापानकी अध्यक्ष अनिता गुरुङ्,थकाली सेवा समितिका अध्यक्ष बुद्दी गौचन,संघीय नेपाली समाज जापानका अध्यक्ष पेंबा शेर्पा,नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली ,नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगर , कान्तो क्षेत्रका अध्यक्ष रीत राना मगर ,मातृ सन्देश डट कमका प्रधानसम्पादक शान्त पहरी,डिसी नेपालका ज्याक खड्का लगाएतको आतिथ्यता रहेको थियो ।
संघका अध्यक्ष छेवाङ्ग शेर्पा सभापतित्वमा सम्पन्न कार्यक्रम दावा शेर्पाले संचालन गरि सम्पन्न भएको थियो ।