काठमाडौँ । टिपिकल खालको गीत ‘मञ्जुरी’ बजारमा आएको छ । सम्झना डिजिटलको प्रस्तुतिमा गीतमा गायिका सम्झना लामिछाने मगरले एकल आवाजमा गाएकी छन् । राजनराज शिवाकोटीले सोही गीतमा शब्द लेखन साथै संगीत पनि भरेका छन् ।
मारुनी डिजिटलमा रेकर्ड गरिएको गीत शाहस शाक्यको एरेन्जमा तयार पारिएको हो । त्यस्तै निर्देशक प्रकाश भट्टले सोही गीतको भिडियोमा निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायांकन गरेका हुन् । बिष्णु शर्माद्वारा सम्पादन गरेको सोही भिडियो केही दिन अघि सार्वजनिक गरिएको छ ।
उक्त भिडियोमा नरेश बिर सिंह सँगै गायिका सम्झना लामिछाने आफैले फरक ढंगको नृत्यमा अभिनय गरेकी छन् । त्यस्तै संजय लामा, मिलन तमाङ, राजु सिंह तामाङ, सागर मगर, कबिता न्यौपाने र सरु पोख्रेल लगायतका कलाकारहरुको पनि उनीहरुसँगै उक्त भिडियोमा अभिनय रहेको छ ।
समय बदलीसँगै फरक धारमा यस गीत बजारमा ल्याएको गायिका लामिछानेले जनाएकी छन् । मायाँ प्रेमकै बिषयवस्तु यस गीतको शब्दमा चयन गरेको र बिशेष गरि विश्वमै मनाइने प्रेम दिवसकै अवसरमा सार्वजनिक गरेको सम्झनाको भनाई छ । गायिका लामिछाने लोकदोहोरी क्षेत्रमा लोकप्रिय गायिकाको रुपमा लाखौँ दर्शक स्रोतामाँझ परिचित छन् ।

