टोकियो । जापान प्रहरीले ५ जना नेपालीलाई प्रकाउ गरेको छ । भिषा नविकरण गर्दा किर्ते कागजात पेश गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
भिसा एप्लाई गर्दा गलत कागजात पेश गरेको अभियोगमा ५ नेपाली युवायुवती र उनीहरुलाई सहयोग गर्ने एक जापानी नागरिकलाई पक्राउ गरिएको जापानबाट प्रसारित हुने संचार माध्यमले जनाएका छन् ।
टोकियो महानगरिय प्रहरीले उनिहरुलाई अबैध रुपमा जापान बसेको आरोपमा पक्राउ गरेको अल निप्पोन न्यूज नेटवर्कमा प्रसारित समाचारमा उल्लेख गरिएको छ।
पक्राउ परेका ५ नेपालीहरुबारे विस्तृत जानकारी नदिइएपनि उनीहरुलेले गत बर्ष भाषा अनुवादक, अनुवाद गर्ने कामको लागि भिषा पाएका थिए तर काम भने गोदाममा गर्दै आएको समाचारमा उल्लेख छ ।
प्रहरीका अनुसार गलत कागजात बनाएर भिषा लगाईदिने काम गर्दै आएका जापानी नागरिकले गत वर्षको मे महिनामा ती नेपाली युवा युवतीको भिसा नविकरणका लागि किर्ते कागजात बनाउन सहयोग गरेका थिए ।

