सोमबार, बैशाख ०७, २०८३

गायक खाती र गायिका गौतमलाई कतारमा उत्कृष्ट गायन अवार्डबाट सम्मानित

दोहा । अहिलेका चर्चित गायक तथा सर्जक गायक अमृत खातीले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायनको अवार्ड प्राप्त गरेका छन् ।

शुक्रबार हिमालयन इभेन्टस प्रा.लि र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा,कतारमा सम्पन्न गरेको कार्यक्रममा विषम गौतमको शब्द सिर्जु अधिकारीको सङ्गीतमा रहेको झुम्के बुलाकी(ओ के छ त-२)बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका हुन ।
त्यसै गरि गायिका स्मृती गौतमले घर त ठिमी बोलको गितबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी छन।
कतारका लागि नेपाली राजदुतको प्रमुख आतिथ्ततामा सम्पन्न उक्त अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डमा रन्जित परियार ,सरस्वती लामा,भुमिका गिरि ,शोभा त्रिपाठी,नवीन पौडेल ,दावा फिन्जो लामा लगायतका कलाकारहरुले अवार्ड जितेका छन।