सोमबार, बैशाख ०७, २०८३

बाग्लुङ समाज जापानको धुर्मुस सुन्तलीलाई पुरस्कार स्वरूप ५० हजार हस्तान्तरण

ललितपुर । बाग्लुङ समाज जापानले हास्यकलाकार समाजसेवी जोडी धुर्मुस सुन्तलीलाई पुरस्कार स्वरूप ५० हजार हस्तान्तरण गरेको छ ।
समाजले २०१८ को बर्ष पुरस्कार सिताराम कट्टेल (धुर्मुस ) र कुन्जना घिमिरे (सुन्तली ) लाई पचास हज़ार नगत हस्तान्तरण गरेको हो । बाग्लुङ समाज जापानले हरेक बर्ष जनप्रिय काम गर्ने ,राष्ट्रको छबी उच्चराख्ने कलाकार, खेलाडी वा सामाजिक ब्यक्तित्व मध्यबाट एक जनालाई पुरूस्कृत गर्ने निर्णय गरेको बमोजिम उक्त पुरस्कार हस्तान्तरण गरेको समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिनु भयो ।
उक्त हस्तान्तरण कार्यक्रममा एनआरएनए जापानका प्रबक्ता, प्रशु बस्नेत, ओएनएफ जापानका उपाध्यक्ष बाबुराम भण्डारी,नुवाकोट समाज जापानका अध्यक्ष हरि सापकोटा र जनसम्पर्क समिति जापानका सदस्य लक्ष्मण थापाको समेत सहभागी रहेका थिए ।

उक्त पुरस्कार लिदै सीताराम कट्टेलले बाग्लुङ समाज जापानलाई धन्यबाद दिए भने भरतपुरमा निर्माण हुन लागेको अतर्रराष्ट्रीय क्रिकेट मैदान निर्माणमा पनी सहयोग गर्न अपील गर्नु भयो ।

उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा सहभागी सबैले आफ्ना भनाई पनि राख्नु भएको थियो ।