शुक्रबार, चैत १६, २०८०

जापानमा हुने सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा

टोकियो । मन्जुश्री संवत २८५३ औँ (फाग ल्हो सुङ्गुर वर्ष) सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।

नेपालकाबाट जापान आएर विभिन्न पेशा व्यवसाय गर्दै आइरहेका तामाङ समुदायको प्रतिनिधी मुलक संस्था नेपाल तामाङ समाज जापान केन्द्रिय समितीले ल्होछोर आयोजना गरेको हो ।
हरेक वर्षहरुमा झैँ यसपटक पनि आफ्नो मौलिक पराम्परा र संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथै राज्यको हरेक अङ्गमा समान सहभागिता जनाउन ‘सोनाम ल्होछारको प्रवर्दन हाम्रो साँस्कृतिक सरोकार,ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक अधिकार’ भन्ने मुल नाराको साथ १७ फेब्रुअरीमा ल्होछारको तयारी गरेको हो ।

ल्होसार संस्कृति र पराम्परा मात्र नभएर राज्यले तामाङ समुदाय प्रति परापूर्खा कालदेखि गर्दै आएको दमन,शोषण अनि अत्याचार विरुद्धको एउटा चेतना र आवाज वुलन्द गरिने समय हो । नेपाल तामाङ समाज जापानले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउदै आइरहेको छ ।

अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ संघीय सचिवालय विदेश विभाग प्रमुख टासी लामाको प्रमुख अतिथ्यता र राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा ख्याति प्राप्त गायक रोज मोक्तान एवं स्थानीय कलाकारको भव्य प्रस्तुति रहने तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तानले जानकारी दिए ।

ल्होछार कार्यक्रम क्षेत्रीय समितीहरुको आयोजनामा जापानका विभिन्न शहरमा हुने वताएको छ । १६ फेब्रुअरी शनिवार किताकान्तो,१७ तारिख आइतवार केन्द्रिय समितीको आयोजनामा टोकियो, १९ तारिख मङ्गलवार च्युवु क्षेत्रीय समितीको आयोजनामा फूकोओकामा हुने छ ।

ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी सवै पूरा भएको महासचिव हिमाल लामा वाइवाले जानकारी दिनु भयो ।