बिहिबार, असार ११, २०८३

दोस्रो मिस जापान नेपाल प्रतियोगिताको फाराम खुल्ला

http://japanremit.com/
टोकियो । जापानमा दोस्रो मिस जापान नेपाल प्रतियोगिताको फाराम खुल्ला गरिएको छ ।

शिन्जोउ कर्पोरेशनको आयोजनामा हुन लागेको दोस्रो प्रतियोगिताको फर्म आज फेब्रुवरी १५ तारिखबाट खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनुभएको छ ।

यस पटकको मिस जापान नेपाल प्रतियोगितामा सहभागीहरुलाई तालिम सहित निर्णायकको भूमिकामा समेत मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरले सहयोग गर्ने भएको छ ।

यसका साथै मिस जापान नेपाल फिनालेमा निर्णायकको रुपमा मिस नेपाल सहित हिडेन ट्रेजरका निर्देशकको समेत सहभागीता रहने भएको छ ।

ग्राण्ड फिनाले आगामी अप्रिल महिनाको ७ तारिख आईतबारका दिन राजधानी टोकियोस्थित नाकानो जेरोहलमा हुने तय गरिएको छ । ग्राण्ड फिनालेमा निर्णायकको रुपमा मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडा सहित दि हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपती आउने हुनुभएको छ ।

बिजेतालाई क्राउन, नगद र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीताको अवसर मिस जापान नेपाल बिजेता सहित फस्ट रनरअप र सेकेण्ड रनरअपहरुले नगद पुरस्कार सहित क्राउन एवं सम्मानपत्र पाउने आयोजक संस्था शिन्जोउ कर्पोरशनले जनाएको छ ।

कार्यक्रमका संयोजक रहनुभएका निराजन गैरेका अनुसार तीन शिर्ष टाईटल सहित यसपटक अन्य १५ विषयका प्रतिभाहरुलाई समेत पुरस्कृत गरिने भएको छ ।

संयोजक गैरेका अनुसार त्यसै अनुसार १५ टाईटल निर्धारण समेत गरिएको छ ।

1.Miss Best catwalk
मिस बेस्ट क्याटवाक
2.Miss photogenic
मिस फोटो जेनिक
3.Miss talent
मिस ट्यालेन्ट
4.Miss intellectual
मिस ईन्टेलेक्चुअल
5. Miss congenial
मिस कन्जेनियल
6.Miss multimedia
मिस मल्टिमिडिया
7.Miss public choice
मिस पब्लिक च्वाईस
8.Miss best performance
मिस फेस्ट पर्फमेन्स
9.Miss best hair
मिस बेस्ट हेयर
10.Miss best skin
मिस बेस्ट स्किन
11.Miss best smile
मिस बेस्ट स्माईल
12.Miss best figure
मिस बेस्ट फिगर
13.Miss Best personality
मिस बेस्ट पर्सनालिटि
14.Miss confident
मिस कन्फिडेन्ट
15.Miss Best Dress
उत्कृष्ठ पहिरन
16.WINNER
बिजेता
17. First Runner up
फस्ट रनरअप
18. Second Runner up
सेकेण्ड रनरअप

प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउने लक्ष्य सहित आयोजक संस्थाले आर्थिक बिभागको जिम्मेवारी आस्था गुरुङलाई दिएको छ भने कार्यक्रमको सांगितिक सहित अन्य पाटोमा जापानमा नेपाली डिजेको रुपमा परिचित जोन छन्त्यालले जिम्मेवारी सम्हाल्नु भएको छ ।

यसैगरि कार्यक्रम व्यवस्थापनको जिम्मेवारी कासाङ लामाले गर्नुहुने छ भने राजधानी टोकियो बाहिर यसपटक फुकुओकामा पनि अडिसन लिईने भएको छ ।

फुकुओका र आसपासमा रहनुहुनेले हाकाता स्टेशन फुकुओका सिटी हाकाता कुमा रहेको श्री गणेश बुटिक एण्ड कलेक्सन वा प्रोपाईटर नितु दाहाललाई सम्पर्क गरेर समेत आवेदन फर्म भर्न सक्नुहुनेछ ।

अनलाईन मार्फत जापानमा रहनुहुने अविवाहित किशोरीहरुले मिस जापान नेपालमा आवेदन दिन सक्नेछन् । यसको लागि मिस जापान नेपाल डटकममा गएर फर्म भर्न सकिनेछ ।

यसैगरि प्रतियोगितामा सहभागीहरुको लागि ड्रेस डिजाईन सहित स्पोन्सरको रुपमा मलमल क्रियशनले काम गर्ने भएको प्रोपाईटर सोनी सिंजाली मगरले बताउनुभयो ।

मिस नेपाल जापानको उपाधि बिजेताले यसअघि मिस नेपाल प्रतिस्पर्धाको कुनै एक टाईटल बिजेताले लिंदै आएको विभिन्न अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा मध्ये कुनै एकमा प्रस्पिर्धीको रुपमा समेत अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिभा प्रस्फुटन गर्न पाउन् भन्ने उदेश्य सहित सम्झौताको तयारी भईरहेको आयोजकले जनाएको छ । यसबारेमा छिट्टै खवर सार्वजनिक गरिने कर्पोरेशनले जानकारी दिएको छ ।

मिस जापान नेपाल प्रतियोगितामा सहभागी हुन चाहनेहरुले मात्र २ हजार येन शुल्क बुझाउनुपर्नेछ । गत बर्ष बिजेतालाई १५ मान येन नगद पुरस्कार, क्राउन लगाउत उपहार प्रदान गरेको आयोजकले यस पटक दिईने नगद पुरस्कार सहित अन्य उपहारहरुबारे छिट्टै सार्वजनिक गर्ने जानकारी दिएको छ ।

फर्म भरेकाहरुबाट अडिसन लिएर पास भएकाहरुलाई आयोजक शिन्जोउ कर्पोरेशनले १० दिने विशेष तालिम प्रदान गर्ने भएको छ ।

तालिममा नेपालबाट आउनुभएका कोच तथा निर्णायकहरुले बौद्धिक ज्ञान, मोडलिगं, कोरियोग्राफि लगायत विभिन्न पक्षबारे तालिम प्रदान गर्नुहुने भएको छ ।

अडिसनबाट उत्कृष्ठ प्रतिस्पर्धीको छनौट गरि फिनालेमा लगिनेछ । फिनालेमा मिस नेपाल, दि हिडेन ट्रेजर प्रमुख, मोडलिगं तथा कोरियोग्राफी क्षेत्रका चर्चित अन्य नेपाली र जापानी निर्णायकहरु समेतले फिनालेबाट बिजेता छनौट गर्ने छन् । साथै फस्ट रनरअप, सेकेण्ड रनरअप सहित अन्य १५ टाईटल बिजेताको समेत चयन हुनेछ ।

ग्राण्ड फिनालेमा नेपालबाट चर्चित गायक गायिकाहरुले आफ्नो सांगितिक प्रस्तुती देखाउने भएका छन् । यसको लागि भिषा प्रक्रियामा रहेकाले भिषा लागेपछि कलाकारहरुको नाम सार्वजनिक गरिने आयोजक शिन्जोउ कर्पोरेशनले जनाएको छ ।

लोकप्रिय गायक गायिकाहरु समेत सहभागी गराएर कार्यक्रमलाई बृहत सांस्कृतिक मनोरञ्जनका रुपमा समेत भव्य बनाउने तयारी भईरहेको आयोजकले जानकारी दिएको छ ।

गत बर्ष पहिलो मिस एण्ड मिसेस जापान नेपाल प्रतियोगिता भएको थियो ।