बिहिबार, असार ११, २०८३

कुटपिट गरि घाईते बनाएको आरोपमा कामतावाट नेपाली युवा पक्राउ

टोकियो । जापान प्रहरीले पाँच जना नेपाली युवालाई पक्राउ गरेको छ ।

राजधानी टोकियोको ओता वार्डको कामतास्थित एक रेष्टुरेण्टमा भएको झगडा गरेर कुटपिट गरि घाईते बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

टोकियो महानगरिय प्रहरी विभागका अनुसार एक नेपाली रेष्टुरेण्टमा गत अक्टोबर महिनामा भएको कुटपिटमा संलग्न उनिहरुलाई हालै पक्राउ गरिएको हो,घाईते भएका युवाले आफुमाथि कुटपिट सहित बियरको बोतल प्रहार गरिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । घाईते भएका युवाले दिएको उजुरीका आधारमा आशिष राई, अनवर रायमाझी, मनोज खत्री लगायतलाई पक्राउ गरिएको जापानी समाचार संस्था न्युजडट लाईभडोर डटकमले उल्लेख गरेको छ ।

२० बर्षका मनोज खत्री गत अक्टोबर महिनामै पक्राउ परेका थिए । पक्राउ सबै अध्ययनका लागि आएका विद्यार्थीहरु भएको समाचारमा उल्लेख छ ।

जापान प्रहरीलाई उदृत गर्दै उल्लेख समाचार अनुसार दुई हप्ताको उपचारपछि घाईते युवा डिस्चार्ज भएका थिए ।

कुटपिटबाट घाईते भएका नेपाली युवाले नै प्रहरीमा उजुरी दिएका हुन् । उनको नाम भने खुलाईएको छैन ।समाचार अनुसार पक्राउ परेका कुटपिटमा संलग्न अभियुक्त राई रोयल कामता ब्वाईज नामको एक समुहमा समेत आवद्ध छन् । सो समुहमा करिव १ सय ३० नेपाली युवाहरु आवद्ध रहेको बताईएको छ ।

रोयल कामता ब्वाईज नामको सो समुहलाई नेपाली युवाहरुको खराब युवा समुहको संज्ञा दिएको छ ।