सोमबार, बैशाख ०७, २०८३

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले कसे लगन गाँठो

काठमाडौं । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले फेब्रुअरी १४ अर्थात फागुन २ गते प्रेम दिवसको दिन लगानगाँठो कसेका छ्न । हाल उनिहरुको राजधानीको पाँचतारे होटल र्‍याडिसनमा दुवैतर्फका परिवारको उपस्थितिमा हिन्दू परम्परा अनुसार विवाह भइरहेको छ ।

७ वर्ष अगाडि एक फिल्मको अडिसनको क्रममा संजोग र वर्षाको पहिलो पटक भेट भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भएका थिए। अभिनेत्री वर्षा राउत यतिबेलाकी चर्चित नायिका हुन् । अभिनेता संजोग भने फाट्टफुट्ट फिल्महरु गरिरहेका हुन्छन् ।