काठमाण्डौ । मुकुन्द ल्याण्डको सपना बोकेका पागल भनेका मुकुन्द घिमिरे बिहे बन्धनमा बाधिने अठोट गरेर लागेका छन ।
मुकुन्द ल्यांड र ईतिहास, वर्तमान र भविष्यका बारेमा खरो विश्लेषण गर्ने मोरङ लक्ष्मीमार्गका मुकुन्द घिमिरे (मुकुन्दे) ले आफू भन्दा जान्ने पल्टेर खुट्टा तान्नेहरुको विगविगी रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मुकुन्देले राम्रो मान्छेलाई राम्रो भन्न सक्नुपर्ने उल्लेख गर्दै अब आफू बिबाह गर्न लागेकोले सहयोगको लागी सार्वजनिक आग्रह गरेका छन ।
साथै पछिल्लो समय आलोचना र प्रशंसा दुवैबाट घेरिएका मुकुन्देले राष्ट्रिय गणतन्त्र पार्टी गठन गरेर देशको कार्यकारीसम्म चाहना समेत राखेका छन ।
उनले नेपाललाई मुकुन्दल्याण्ड बनाएर पहाडमा रेल चलाउने, तराईमा खेतैखेत रोपाउने र १० करोडसम्म जनता स्वदेशमै पाल्ने आफ्नो चाहना रहेको कुरा पटकपटक जनतालाई अवगत गराउदैँ आएका छन् ।
पछिल्लो समय सामाजिक अभियंता रबी लामिछाने,धुर्मुस सुन्तली को कामलाई बिश्वास नलागे र सामाजिक संजालमैं बिरोध गरेका घिमिरेले सरकारप्रति नरम हुँदै आएका छन ।
उनले आगामी मंसिर सम्म बिहे गर्ने जनाए पछी आर्थिक समेत जुटन थालेको छ ।
दिल निसानी अमेरिका निवासी हेम थापा लगाएले बिहेको लागी सहयोग समेत गरेका छन ।

