
टोकियो । हरेक वर्ष श्रीपंचमीको तिथिमा मनाउने सरस्वती पूजा जापानमा पनी धूमधाम साथ मनाएका छन ।
आइतवार जापानको राजधानी टोकियोमा नेपालीहरूले संचालन गरेको एभरेष्ट इन्टरने शनल स्कूलले
सरस्वती पूजा कार्यक्रम धूमधाम साथ मनाएको हो ।
बिद्याको माता रुपमा मानिने सरस्वतीको पूजा सो स्कूलका विध्यार्थी,अभिभावकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको छ ।
सरस्वती पूजा उक्त स्कूलको सभा हलमैं करिव ४०० जनाको सहभागीमा सम्पन्न पूजा कार्यक्रममा प्रसादको समेत व्यवस्था गरेको थियो ।






