टोकियो । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति जापानले नेपाली दूतावास जापानमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
जन-आन्दोलन हुँदै बृहत शान्ति सम्झौता र संविधान सभाको निर्वाचन पश्चात् २५० बर्ष सम्मको राजतन्त्रको अन्त्य गरी नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल निर्माणमा पुगेको छ । नेपालमा लामो समयसम्म भएको राजनैतिक आक्रमण कालको समाप्तिपछी देशमा स्थिर सरकारको गठन भएपछि जन अपेक्षा धेरै भएको छ ।
राजनैतिक स्थिरताको लागि बिगतका दिनहरूमा अल्पमत, बहुमत र मिलिजुली सरकारको अभ्यासबाट आर्जित नेपाली जनताले आफ्नो जीवनस्तर बलियो बनाउन आम नेपाली जनताको जीवन सुरक्षाको प्रत्याभूति दिलाउन प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्व सरकारलाई ज्ञापन बुझाएको छ ।
“समृद्ध नेपाल, सुखी नेपालीको नारा लगाएको अहिलेको दुई तिहाईको सरकार्ले देशमा बढदै गइरहेको भ्रष्टाचार, महँगी, गरिबी, हत्या, हिंसा, बलात्कारबाट देशमा झन आक्रन्त डर सृजना भइरहेको भन्दै यस्ता बेथिती अंत्य गर्न नेपाली जनसम्पर्क समिती जापानले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।
निर्मला पन्तको हत्याकाण्डका बारेमा तत्काल छानबिन गरी, दोषी पत्ता लगाइ आवश्यक कानुनी कार्बाही र पीडित पक्षलाई उचित क्षतिपुर्तीको ब्यवस्था गर्न समेत माग गरेको छ ।


साथै नेपाली काँग्रेसका नेता गिरिजा प्रसाद कोइराला र शुशिल कोइरालाको नाममा स्थापना भएको अस्पताललाई तत्काल संघको मातहतमा ल्याएर थप सुधार गर्दै लैजान जोरदार माग गरेको छ ।

