काठमाडौं । सांगीतिक क्षेत्रमा एक अर्को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “साहुकी छोरी”बोलको यस गितको शब्द संगीत र्याप रिशी खड्काको रहेको छ भने गीतमा लक्ष्मन राज खोवानको सुमधुर आवाज रहेको छ। रमेश सेन्चुरिको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन् ।
मिलन विश्वकर्माले सम्पादन गरेको यस म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका छन् । चक्र वम र करिश्मा ढकालको अभिनय रहेको यस गीतको म्युजिक भिडियो चक्र वमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

