टोकियो । जापानको नागोयामा म्याग्दी जिल्ला तिन पिप्ले घर भएकी प्रमिला दर्जीको उपचारको क्रममा मृत्यु भएको छ ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका ३ पिप्ले घरभई रोजगारीको सिलसिलामा नागोयामा रहेकी प्रमिला दर्जीको बिहीबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको हो । १ महिना अगाडि सुत्केरी भएकी दर्जी ब्रेन ट्यूमरबाट पीडित थिईन् । दर्जीबाट जन्मिएको नवजात शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ ।
प्रमिला दर्जीको उपचार जटिल भएको भन्दै मोना जापानले दर्ज़ीको उपचार सहयोगको लागि संकलन गरेको ६ लाख ७ हजार ६६० येन आईतबार हस्तान्तरण गरिने मोना जापानका बरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिनुभयो । दर्जीको उपचारको क्रमममा बिहिबार साँझ अस्पतालमा निधन भएको हो । ४ वर्ष अगाडि विद्यार्थीकारुपमा जापान आएका र हाल रोजगारीमा संलग्न दिनेश दर्जीकी धर्मपत्नी हुन् ।
प्रमिलाको शनिबार बिहान ९ बजे मियकेनको निशिबेस्शो, कुवाना भन्ने ठाउंमा अन्त्येष्टी गर्ने तयारी भइरहेको छ ।
मोना जापानका अध्यक्ष दिपक कार्कि अनुसार शिशुलाई थप पालनपोषणका लागि नेपालमै लैजाने तयारी भइरहेको छ। घटनाले जापानमा रहेका म्याग्देली स्तब्ध भएको बताउनुभयो ।
यस्तै बाग्लुङ गल्कोटका २० बर्षिया युवकको पनि जापानमा उपचारको क्रममा निधन भएको छ । ईन्फ्लुएन्जाका कारण बिरामी परेका अर्विन बोहराको निधन भएको हो । जापानको साईतामाको अस्पतालमा उपचारको क्रममा निधन भएको गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले जानकारी दिनुभयो ।

