टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए)जापानको फेब्रुअरी ११ तारिख १५ औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजना गर्न लागेको बार्षिक उत्सवको कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
एनआरएनए जापानले १५ औं वार्षिक उत्सब वनभोज कार्यक्रम गरि एेतिहासिक रुपमा बर्षगाठ मनाउने भएको जनाएको हो ।
वार्षिक उत्सवकै दिन आयोजना गरिने वनभोज कार्यक्रमलाई क्रमश महिला उपाध्यक्ष अनिता गुरुङ , कोषाध्यक्ष श्कालिका थापा र महिला संयोजक सबिता श्रेष्ठले संयोजन गर्ने महासचिब बुद्धीराज घिमिरेले जानकारी दिनु भयो ।
एनआरएनए जापानले बनभोज कार्यक्रममा यसै सुचनालाई आधार मानेर उपस्थितीका लागि हार्दिक अनुरोध गरेको छ। महासचिव घिमिरेका अनुसार, संभव भएमा सबैलाई बनभोज कार्यक्रममा उपस्थिती जनाउनको लागि र संभव नभएमा आआफ्नो क्षेत्रमा क्षेत्रीय समिति हरुले १५ औं बर्ष गाँठ मनाउन अनुरोध पनि गरेको छ।
बनभोज कार्यक्रम “योकोहामा सि तोचुका कु सिमोकुरातामाचि १६२७” मा आयोजना गरिने छ। उक्त बनभोजमा महिलाहरुको लागि प्रवेश शुल्क ¥२,५०० र पुरुपहरुको लागि प्रवेश शुल्क ¥३,००० लाग्ने छ,भने कार्यक्रमबाट बचत रकम अन्तराष्ट्रिय महिला फुटवलका लागि उपयोग गरिने अध्यक्ष टासी वाङदी लामाले जानकारी दिनुभयो ।
कार्यक्रम भव्य र एेतिहासिक रुपमा सम्पन्न गर्दै जापानवासी नेपाली तथा संघ संस्थाहरु संगको आपसी समन्वय र सहकार्य संगै एकतामा थप उत्साह थपिने एनआरएनए जापानले जनाएको छ ।

