
गज़ल
-हिजो राती सपनिमा रोएको देखे आमा !
आँशुले त्यो मुहार धोएको देखे आमा !!
दुख धेरै पायौ कि भौतारिदै थियौ तिमी !
केहि दिनदेखि भोकै रहेको देखे आमा !!
संघर्षको मैदानमा एक्लै जुध्नु पर्दा !
तिम्रो आशिर्बादको अभाव भएको देखे आमा !!
दु:ख पर्दा खास मान्छे चिन्न गार्हो यहॉ !
भक्कानिदै तिम्रो तस्वीर छोएको देखे आमा !!
शिर ठाडो हुन्छ चित्त नदुखाएस कसैको !
प्रकाश भन्दै ओझेल पर्दै गएको देखे आमा !!
✍️प्रकाश बुढ़ाथोकी,रामेछाप हाल नागोंया जापान

