
टोकियो । नेपालमा हुने वैदेशिक लगानी वारे जानकारीसहित लगानी कर्ताहरुलाई समेटेर जापानमा जानकारीमुलक लगानी सेमिनार सम्पन्न भएको छ ।
आगामी मार्च २९ र ३० तारिकमा काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा जापानबाट अत्याधिक लगानी भित्र्याउन जापानस्थित नेपाली दुताबास र गैरआवासीय नेपालीले तयारी थालेको हो ।
टोकियोमा मंगलबार आयोजित तयारी भेलालाई राजदुत प्रतिभा राणा र एनआरएनए अध्यक्ष भवन भट्टलगायतले सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै राजदुत राणाले नेपालमा हुन लागेको लगानी सम्मेलन सफल बनाउन जापानी लगानीकर्ता र जापानवासी नेपालीलाई आग्रह गर्नु भयो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशमा शान्ति ,सुरक्षा र सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएर अघि बढिरहेको बताउँदै राजदुत राणाले लगानी सम्मेलनमा सहभागिताका लागि आग्रह गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै एनआरएनए आइसीसी अध्यक्ष भट्टले नेपाल सरकारले लिएको समृद्ध नेपाल निर्माणको अभियानमा गैरआवासीय नेपालीलाई नेपालमा लगानी सम्मेलनमा सहभागिता जनाएर लगानी गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जापानमा नेपाली अगुवा जिज्ञानकुमार थापाले नेपालमा लगानी वातावरण र सुक्षाको विषयमा राजदुत राणाको प्रतिवेदनलाई जापानी भाषामा कार्यक्रममा प्रष्टयाउनु भएको थियो ।
एनआरएन नेता अगुवा लगायत नेपाली व्यवसायीहरूको उपस्थिति रहको कार्यक्रममा जापानी व्यवसायी पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामा र नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीको विशेष सहयोग गरेका थियो ।
नेपाली राजदुतावास टोकियोको प्रमुख आयोजना र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा नेपाली ब्यवसायी संघ (एनबिए) जापानको सहआयोजना गरि सेमिनार सम्पन्न भएको थियो ।


