शुक्रबार, बैशाख ०७, २०८१

सोनाम ल्होछारमा गायक रोज मोक्तानले जापान तताउने,कार्यक्रमको तयारी तिव्र

http://japanremit.com/
टोकियो । सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम प्रयेक बर्ष झै यस वर्ष पनि नेपालबाट ख्यातिप्राप्त कलाकारको उपस्थितिमा जापानको बिभिन्न शहरमा मनाउने भएको छ ।
नेपाल तामाङ समाज जापानले कार्यक्रम तयारी तीव्र बनाएको समाजका महासचिब हिमाल लामाले बताउनु भयो । नेपाल तामाङ समाज जापानले नेपालबाट गायक रोज मोक्तान र जापानका स्थानीय कलकारहरुको उपस्थितिमा ल्होछार कार्यक्रम भब्य हुने जनाएको छ ।

जापानमा सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको तयारी तिव्र भएको समाजको महासचिब लामाले बताउनु भयो ।
यसपटकको ल्होछार कार्यक्रम आगामी फेब्रुअरी १७ मेगुरो कुमिन सेन्टर टोक्योमा गर्ने तयारी भईरहेको समाजको अध्यक्ष कुमार मोक्तानले जानकारी दिनु भएको छ ।