टोकियो । नायक भुवन केसीले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को जापानमा पनी रिलिज हुने भएको छ ।
नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको मुख्य अभिनय रहेको चलचित्र को मार्च १७ मा टोकियोमा रिलीज हुने भएको हो ।
नेपालमा फागूण १७ गतेबाट रिलिज हुन लागेको दिवाकर भट्टराई निर्देशित यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको मेकिङ र नायक अनमोल केसी प्रसंसा भएको छ ।
प्रेमको भाव बोक्ने यो चलचित्रका नायक केसी र नायिका ठकुरीलाई फिचरिङ गरिएको छ । भूवन केसीको निर्माणमा तयार भएको यो चलचित्रमा रहर छ सँगै’ बोलको गीत समाबेश गरेको छ । यो गीत दिवाकर भट्टराइको निर्देशन छ । यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

चलचित्रमा अनमोल र उपासनाको साथमा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रले फुटबलको कथालाई उठान गरेको यस चलचित्रमा दिर्घराज खड्काको सम्पादन रहेको चलचित्रलाई सुदिप बरालले खिचेका हुन् । चलचित्रको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् ।
जापानमा डेस्टिनी क्रेअसनले ब्यवस्थापन गरेको उक्त चलचित्र दर्शकले मन पराउने आस गरेको छ ।

