
टोकियो । स्याङ्जा समाज जापानको चौथो अधिवेशन भव्य रुप हुने भएको छ ।
आगामी मार्च ३१ तारीख़ चौथों अधिवेशन टोकियोमा गर्ने भएको हो ।
समाजको जनवरी २७ मा बसेको बैठकले मार्च ३१ मा अधिवेशन गर्ने समाजको केन्द्रीय समितिको बैठकले अधिवेशनको टुङ्गो लगाएको छ ।
सो बैठकले क्षेत्रीय समिति नागोया, सिजुओका लगाएतको अधिवेशन गर्न निर्देशन दिएको समाजका अध्यक्ष सागरमणि भण्डारीले जानकारी दिनुभयो ।
समाजको २०१७-२०१९ को कार्य समितिको प्रगति समीक्षा र आयब्याय पारित गरिएको जानकारी दिएको छ ।
बैठकले अधिवेशन सफल बनाउन तयारी र प्रचार र उप- समिमि गठन गरेको छ ।
बैठकमा संरक्षक,सल्लाहकारहरूको पनी उपस्थिति थियो ।
जापान भरि छरिएर बस्नु भएका स्याङ्जालीलाई देश र ज़िल्लाको विकासको लागी एकजुट हुन अपील गरेको छ ।


