टोकियो । जापानीहरुलाई नेपाल र नेपाली संस्कृती तथा भेषभुषाको जानकारी गराईयो । टोकियोको नाकानो जेरोहलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी १ सय जना भन्दा बढि जापानीहरुलाई नेपाल र नेपाली भाषा/ धर्म/ संस्कृती तथा भेषभुषाको जानकारी गराईयो ।
नाकानोकु कोकुसाई कोर्युक्योउखाई तथा नाकानो जेरो सितेई खानरी स्याको आयोजनामा भएको कार्यक्रममा, लामो समयदेखि जापानमा रहँदै आउनुभएको, नेपाली तथा जापानी समुदायमा घुलमिल गरी विभिन्न संघसंस्थाहरुको जिम्मेवारी सम्हाली सक्नुभएका शरद कुमार गौचनको प्रस्तुती रहेको थियो ।


