सोमबार, बैशाख ०७, २०८३

व्यवसायिक सेमिनारको तयारी अन्तिम चरणमा,सहभागीहरुको नाम दर्ता गर्न आग्रह

http://japanremit.com/
टोकियो । नेपालमा हुने वैदेशिक लगानी सम्बन्धि सेमिनारमा, जापानी तथा नेपाली लगानी कर्ता हरुको उल्लेखनिय सहभागिताको लागि नेपाली राजदुतावास बाट बिषय बस्तु जानकारी सहित लगानि कर्ताहरुलाई समेटेर यहि फेब्रुअरी ५ मा आयोजना गरिने व्यवसायीक जानकारीमुलक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल सरकारले यहि मार्च २९ र ३० तारिक काठमाण्डौमा बैदेशिक लगानी सम्वन्धि सेमिनारको आयोजना गर्दैछ, सो सेमिनारको लागि जापानबाट पनि जापानी तथा नेपाली लगानी कर्ता हरुको उल्लेखनिय सहभागिता गराउने उद्देश्य सहित, नेपाली राजदुतावास बाट बिषय बस्तु जानकारी सहित लगानि कर्ताहरुलाई नेपालमा आयोजना हुने सेमिनारमा सहभागि हुन अपिल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिने भएको हो ।

नेपाली राजदुतावास टोकियोको प्रमुख आयोजना र गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान तथा नेपाली ब्यवसायी संघ (एनबिए) जापानको सहआयोजनामा आगामी फेब्रुअरी ५ तारिक हुनेछ । सहआयोजक एनआरएनए जापानका महासचिव बुद्दीराज घिमिरेका अनुसार, टोकियोमा हुने लगानी सेमिनारमा उपस्थितीका लागि जापानी तथा नेपाली व्यवसायीहरुको राम्रो उत्साह देखिएको छ । हालसम्म नेपाली तथा जापानी गरि झण्डै १ सय ३० जनाले नाम टिपाईसकेका छन् ।

५ तारिख हुने सो सेमिनारमा भागलिन थप जानकारी र नाम दर्ता गर्न सकिने भएकोले सम्पुर्ण जापानी तथा नेपाली लगानि कर्ता हरुलाई उपस्थितिको लागि
आयोजक र सहआयोजकको तर्फ बाट हार्दिक अपिल गरिएको छ। साथै,सेमिनारको तीब्र तयारी चलिरहेको बेलमा, एनआरएन जापानका अध्यक्ष टासी वांग्दी लामाले,वैदेशिक लगानी मुलुकको विकासका लागि महत्वपुर्ण विषय रहेकाले सम्पुर्ण लगानीकर्ताहरुलाई उपस्थिती जनाईदिनहुनका लागि फेरि पनि विशेष आग्रह गर्नुभएको छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले बैदेशिक लगानीका विषयमा जानकारी गराउनुहुने छ, साथै नेपालमा बैदेशिक लगानीका सम्भावनाका विषयमा दुई जना विशेषज्ञले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपालमा लगानी गर्न इच्छुक नेपाली तथा जापानी नागरिकको समेत उल्लेख्य सहभागीता हुनेछ, एनआरएनए आईसीसी तथा जापानका प्रतिनिधी, नेपाली तथा जापानी ब्यवसायी तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छ ,जापानका ठुला कंपनी हरुलाइ समेत नेपालमा लगानी गर्न प्रोत्साहन गरिने योजना रहेको छ।सेमिनारमा सहभागि हरुको लागि जलपान तथा खाजाको प्रवन्ध गरिएको एनविय का अध्यक्ष बिजय थकालीले जानकारी दिनु भयो ।

मिति:-२०१९-२-५
समय:-२:००~५:००
स्थान:-४-१३-४१,नाकामेगुरो, मेगुरो -कु, टोकियो।
संपर्क:- nrnanccjapan@gmail.com