बिहिबार, बैशाख ०६, २०८१

सुष्मा कार्कीको फिल्म ‘गुप्त’ को आइटम गीत सार्वजनिक

काठमाडौं । अभिनेत्री सुष्मा कार्की फिल्म ‘गुप्त’ को एक आइटम गीतमा ’म आँख मारिदिन्छु’ बोलको गीत सार्वजनिक भएको छ ।

जसमा सुष्मालाई बोल्ड अवतारमा देख्न सकिन्छ । गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् ।

फिल्मलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको फिल्मलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका छन् ।