सोमबार, बैशाख ०७, २०८३

नवलपुर समाज जापानको प्रथम वार्षिक साधारण सभा सम्पन्न

टोकियो । नवलपुर समाज जापानको नवलपुर समाज जापानको प्रथम साधारण सभा सपन्न गरेको छ ।
आज शुक्रबार नवलपुर समाजको टोकियोमा प्रथम साधारण सभा सम्पन्न भएको हो ।
एनआरएनए जापान वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारीको प्रमुख अथितिमा सम्पन्न साधारण सभामा अथितिहरूमा विशेष अथितिमा समाजसेवी डीपी कड़ेल ,वाग्लुङ समाज जापानका कार्यबहाक सभापति प्रेम प्रसाद कड़ेल, नेपाल ब्यवसाय संघ जापानका महासचिव पुस्कर जंग थापा,परासी समाज जापानका अध्यक्ष जीवन छेत्री ,नवलपुर समाज ओसाकाका क्षेत्रीय अध्यक्ष मुक्तिराम खरेल ,नागोया क्षेत्रिय अध्यक्ष अर्जुन खरेल समेतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन नवलपुर समाज जापानका साधारणसभा बर्तमान अध्यक्ष सागर प्रसाद कड़ेलको सभापतिमा,प्रवक्ता सुरेस सपकोटाले ग़र्नु भएको थियो ।

नवलपुर समाज जापानको आय व्यय र यस सस्थाको अहिले सम्मका गतिविधि लाई बर्तमान कोषाध्यक्ष प्रेम कडेल प्रस्तुत ग़र्नु भएको थियो । आजीवन सदस्यलाई प्रमुख अथितिबाट सम्मान पत्र वितरण गरिएको थियो ।
नवलपुर समाज जापानका सस्थापाक अध्यक्ष केशब पौडेलले आफ़नो मन्तब्यमा कामहरू गरेर नवलपुर क्षेत्रमा हुने राजनीतिक अस्थिरतालाई पनी समालनु पर्ने बताऊनु भयो । अन्त्यमा वर्तमान अध्यक्षले नवलपुर समाजको आर्थिक पाटोलाई पनी बलियो गराउने र आपातकालीन ५० लाखको अध्यक्ष कोष जम्मा गर्ने बताउनु भयो ।