टोकियो । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएर सहयोगका लागि आह्वान गरे संगै गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले आर्थिक सहयोग अभियान संचालन गर्ने भएको छ । क्लवले यस भन्दा पहिला पनि धुर्मुस सुन्तली फाउण्डेसनले गर्दै आएका कार्यमा एक्यबद्दता जनाउदै आर्थिक सहयोग गरेको थियो ।
२०१५ देखि सक्रिय गल्कोट स्पोर्ट्स क्लव टोकियोले खेलकुद संग जोडिने बिषय बस्तुलाई प्राथमिकता दिदै आईरहेको र धुर्मुस सुन्तली फाउण्डेशनले शुरु गरेको यो कार्य अत्यन्त राम्रो भएकोले उक्त कार्य सम्पन्न गर्नलाई साथ र सहयोग होस् भन्ने उदेश्यले यो अभियान सन्चालन गरेको क्लवले जानकारी दिएको छ ।
जापानमा रहने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई यस अभियानमा समर्थन गर्दै आफु सक्दो आर्थिक सहयोग गरीदिनका लागि गल्कोट स्पोर्ट्स क्लव टोकियोले अनुरोध गरेको छ।
रकम जम्मा गर्नका लागि गल्कोट स्पोर्ट्स कल्व टोकियोको जापान पोष्टको खाता न:१०१७०-८६३०८७११ उपलब्ध गराएको छ । साथै यो अभियान आज बाट शुरु भई फेब्रुवरी १५ मा अन्त्य गरि तुरुन्त धुर्मुस सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण गरिने छ ।

