सोमबार, बैशाख ०७, २०८३

खाद्यान्नमा आत्मनिर्भर बनाउन प्रदेश २ लाई सदुपयोग गर्नुपर्नेमा जोड्

काठमाडौं । नेपाल कृषि प्रधान देश भए पनि खाद्यान्नमा अझै आत्मनिर्भर हुन सकेको छैन । छिमेकी मुलुकबाट अर्बौको खाद्यवस्तु आयात गर्नुपर्ने स्थिति कायमै छ।
धान, आलु, मकै, गहुँलगायतका खाद्यान्नको जोन, सुपर जोन सञ्चालन भए पनि नेपालीले यस्ता खाद्यान्न छिमेकी मुलुकमै निर्भर हुनु परिरहेको छ।
जुम्लादेखि रौतहटसम्म विभिन्न जातका धान उत्पादन हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्क छ। तर, पोलिस गरेको चामल, कनिका, धानका लागि २४ अर्ब बाहिरिएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
नेपालमा सबै किसिमका तेलको उत्पादन हुने वैज्ञानिक अनुसन्धानले देखाए पनि कृषिजन्य वस्तुको आयातको अग्रणी स्थानमा तेल रहेको मन्त्रालयको तथ्याङ्क छ।
नेपाललाई स्याउमा आत्मनिर्भर बनाउने उद्धेश्यले बाहिरबाट १ लाख स्याउको बिऊ आयात गर्ने कृषि मन्त्रालयको योजना योजनामा नै सीमित छ।
तेलबाली अनुसन्धान कार्यक्रमका प्रमुख डा. बीपी यादव मुख्य खाद्य बाली पछि तेल सबैभन्दा बढी आयात हुने गरेको बताउँछन् ।
कार्यक्रमका प्रमुख यादवले तेलबाली अनुसन्धानमा बजेट र जनशक्तिको अभावका कारण पर्याप्त मात्रामा काम गर्न नसकेको बताए ।